संघीयता खारेजीको बाटोतिर जान थाल्यो: सिटौला


काठमाडौं १५ असार ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता खारेजीको बाटोतिर नजान सरकारलाई चेतावनी दिनुभएको छ । जनतामा ‘प्रदेश सरकार नभए पनि हुन्छ’ भन्ने भाव आएको भन्दै सचेत हुन प्रदेश सरकारहरुलाई आग्रह गर्नुभएको हो ।

आज आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले संघीयता दिन प्रतिदिन कमजोर भइरहेको छ र यो खारेजीको वाटोतिर जान थाल्यको बताउनु भयो ।

नेता सिटौलाले प्रदेश सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउनु भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षीको रुपमा रहेको आफ्नो पार्टीका सांसदहरुले पनि प्रभावकारी भूमिका खेलेर सरकारलाई दबाव दिन नसनेको उहाले बताउनु भएको छ । प्रतिपक्षी कमजोर हुँदा प्रदेश सरकारले मनपरी ढंगले काम गरेको उहाको विश्लेषण छ ।

वाइडबडी विमान, बुढीगण्डकी जलविद्युत जस्ता ठूला भ्रष्टाचारका विषय संसदमा प्रवेश गर्दा टुंगोमा पुग्न नसकेको भन्दै नेता सिटौलाले राज्य सञ्चालन गर्नेहरुको काम गर्ने क्षमता नभएका कारण व्यवस्थाप्रति नै निराशा बड्एको बताउनु भएको छ । केन्द्र सरकारको एकरडेढ वर्षको कामकारबाही सन्तोषजनक नभएको भन्दै उनले अब गल्ती नदोर्होयाउन केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिनुभएको छ ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter