किमलाई भेट्न अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियासम्म पुगे


एजेन्सी, असार १५ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच यो तेस्रो भेटवार्ता हो ।

उत्तर कोरिया र दक्षिण कोरियाको असैन्यकृत क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच आज संक्षिप्त भेटवार्ता भएको हो ।

दुई देशकम उच्च व्यतिmहरुको भेटपछि दुई देशबीच बढिरहेको तनाव कम हुनसक्ने बताइएको छ । ट्रम्पले यस अघि नै किमसँग भेट्न चाहेको बताउनु भएको थियो ।

आलोचकहरुले यी दुई नेताबीचको भेटलाई शुद्ध राजनीतिक नाटक मानेका छन् भने केहीले भविष्यमा भेटवार्ता गर्नको लागि बाटो खुलेको बताएका छन् । यस अघि गएको फेब्रुअरी महिनामा यी दुई नेताबीचको बैठक बिना कुनै सम्झौता र परमाणुमुक्त मुद्दामा वार्ता बिना नै सकिएको थियो ।

तेस्रो भेटवार्तापछि भने ट्रम्पले यो भेट निकै ’ऐतिहासिक’ रहेको र दुई कोरियाको सीमामा पाइला राख्न पाउँदा ’गर्वको महसुस’ गरेको बताउनु भएको थियो । त्यस्तै उत्तर कोरियाली नेता किमले यो भेटले ट्रम्प र आफूबीचको सम्बन्ध ’मजबुत’ छ भन्ने प्रमाणित भएको प्रतिक्रिया दिएका छन् ।

उत्तर कोरियालाई विवादास्पद परमाणु हतियारको कार्यक्रम रोक्ने मनसायका साथ ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो । पहिलो भेटबाट केही उपलब्धि हुन सकेन । गएको महिना भियतनामको हनोइमा गएको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा परमाणु कार्यक्रमले गति लिने अपेक्षा गरिएको थियो । तर दोस्रो बैठक पनि बिना कुनै सम्झौता सकिएको थियो ।

भरखरै मात्र अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले चिठी आदन–प्रदान गरेका थिए ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया