धादिङमा बस र दुईवटा माइक्रोबस ठोक्किएः दुईको मृत्यु, ६ गम्भीर घाइते


धादिङ १५ असार ।
धादिङको बेनिघाटमा बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ६ जना गम्भीर घाइते भएका छन् । यस्तै ३० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

२७ वर्षीय श्यामकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपक खड्काले जानकारी दिनुभएको छ । महिलाको नाम भने खुलेको छैन । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याईएको छ ।

लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रो एकआपसमा ठोक्किएको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter