मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्था हटाउछु !


काठमाडौं,१५ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गर्नुभएको छ ।

विकास र समृद्धि सबैको आवश्यकता भएको भन्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा रहेको बताउनु भयो ।

उहाँले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्न नहुने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा पनि हट्ने बताउनु भयो । त्यसको लागि आफुले तिव्रतर गतिमा योजनाहरु अघि बढाएइको भन्दै बेरोगारीको अवस्थामा परिवर्तन आउने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्नेमा उहाँको जोड छ ।
स्वदेश मै आकर्षक रोजगारीको सृजना गरी कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । आधुनिकीकरण र औद्योगीकिकरण बढाएमा स्वत रोजगारीको सृजना हुने उहाँको भनाई छ ।
यो अवस्था सृजना गर्न सरकार लागि परेका प्रधानमन्त्री ओलीले बताउनु भयो ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया