राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश, फजुल खर्च रोक्न माग


काठमाडौं १५ असार ।
आर्थिक वर्ष २०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गर्नुभएको हो ।

उक्त बैठकमा नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सरकारले खर्च कटौतीे नीति लिइरहे पनि खानेपानी मन्त्रालयका पदाधिकारीका लागि पुनःइन्धनको व्यवस्था गरिएको भन्दै उहाले यस्ता फजुल खर्च गर्न नहुने धारणा व्यक्त गर्नुभएको हो ।

उहाले देशका धेरै ठाउँका बासिन्दा खानेपानीको समस्या झेल्न बाध्य भएको अवस्था चित्रण गर्दै विकास खर्च र पूँजीगत खर्चतर्फ ध्यान जानु जरुरी भएको प्रष्ट्याउनु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।

आइत, असार १५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter