राजनीतिमा सफाई जरुरी छ: सभामुख कृष्णबहादुर महरा


काठमाडौं, असार १४ ।
सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताउनु भएको छ । हनुमन्ते सफाइ अभियानको ७० औं साताको अवसरमा सूर्य्विनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उहाँले देशको राजनीतिमा पनि प्रदूषण भएकाले सफाई गर्नु जरुरी रहेको आवश्यकता औल्याउनु भयो ।

देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उहाँले माफियाले देशै हडप्न खोजको उल्लेख गर्नूभयो । व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उहाँले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्ष्भित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताउनुभयो । आकाशे पानी सङ्कलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिका मुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने उहाँको भनाइ थियो ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter