सर्लाहीको लालबन्दीमा गोली चल्यो, १ जना घाइते


सर्लाही, असार १४ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते भएका छन् ।

आज मध्याह्न सवा १२ बजेतिर मोटरसाइकल चढेर आएका अपरिचित दुईजनाले प्रहार गरेको गोली लागी महतो घाइते भएका हुन् ।

ब्रह्मस्थान मन्दिरमा निर्माणको काम गरिरहेका बेला महतोमाथि गोली प्रहार भएको स्थानीयवासीले बताएका छन् । उनको पाखुरामा गोली लागेको छ ।

नवलपुरको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपछि महतोलाई थप उपचारका लागि वीरगन्ज ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

गोली हान्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter