काठमाडौंको कान्तिपथमा जिप दुर्घटना, तीन जना घाइते


काठमाडौं, १४ असार  । काठमाडौंको कान्तिपथमा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जिप आज बिहान ६ बजे दुर्घटना भएको हो ।

द्रुत गतिमा गइरहेको जिप एक्कासी बारमा रोक्किँदा दुर्घटना भएको हो । दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्‍याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।

चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

शनि, असार १४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया