ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल


काठमाडौं, असार १३ ।
प्रतिनिधिसभा अन्तर्गत्को महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल भएको छ । आज सिंहदरबारमा बसेको बैठकमा समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

ज्येष्ठ नागरिकहरुले आफूहरुको सम्मान हुनेगरी विधेयक अगाडि बढाउन सुझाव दिएका छन् । ज्येष्ठ नगारिक समाजका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरु समाजबाट अपहेलित भएकाले उनीहरुको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल, गंगा चौधरीलागयतले ज्येष्ठ नागरिक आफ्नै घरमा अपहेलित हुनुपर्ने अवस्था भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले ज्येष्ठ नागरिकको सम्मानका लागि टोल–टोलमा दिवा सेवालगायतका सेवालाई प्राथमिकता दिनुपर्ने बताए ।

६० वर्ष उमेर पूरा भएकाहरुलाई सरकारले ऋण नदिने गरेको भन्दै धितो राखेर ऋण दिने व्यवस्था गर्न पनि उनीहरुले ध्यानाकर्षण गराएका थिए ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter