ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश


एजेन्सि,असार १३ ।
ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै ब्राजिल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । जसमा ब्राजिली गोलकिपर एलिसनले उत्कृष्ट प्रर्दशन गरे । खेलको अधिकाश समय खेलमा प्रभाव जमाएपनि ब्राजिलले निर्धारित समयमा गोल गर्न भने सकेन ।

तर टाईब्रेकरमा ब्राजिली गोलकिपर एलिशनले उत्कृष्ट प्रर्दशन गर्दै टिमलाई नकआउट चरणमा अघि बढाए । ब्राजिलले अब सेमिफाइनलमा भेनेजोयला र अर्जे्न्टिनाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया