हजयात्रीबाट बढी रकम नअसुलेको हज समितिको दाबी


काठमाडौं, असार १३ ।
नेपाल हज समितिले हज गर्न जाने यात्रीबाट कुनै पनि अनाधिकृत रकम नलिएको दाबी गरेको छ । नेपाल हज समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी अनाधिकृत रकम असुलेको र भ्रष्टाचार गरेको ठहर भए कारबाही भोग्न तयार रहेको जनाएको हो ।

हजयात्रीबाट बढी रकम असुलेको आरोप लागेपछि समितिले आज पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिएको हो । प्रत्येक वर्ष गृह र परराष्ट्र मन्त्रालयमार्फत समितिले साउदी अरबमा नेपाली हाजीलाई हजका लागि पठाउँदै आएको छ ।

यस वर्ष पनि नेपाल हज समितिले १२ सय हज यात्रीलाई साउदी पठाउने निर्णय गरेको छ । समितिका अध्यक्ष शमशेर मियाँले यस वर्ष साउदी सरकारले नै हाजीको कुल खर्चमा ५ हजार रुपैयाँले वृद्धि गरेको जानकारी दिनुभयो ।

उहाँले नेपाल हज समितिका तर्फबाट कुनै बढी शुल्क नलिएको र विगत वर्षभन्दा हजयात्रीहरुको लागि राम्रो व्यवस्थापन गरिएको पनि बताउनुभयो । समितिका उपाध्यक्ष नजिबुल्लाह अन्सारीले ई–ब्रिडिङ प्रक्रियाबाट गत वर्षभन्दा सस्तो मूल्यमा एयर अरेबियासँग हवाई सम्झौता गरेको बताउनुभयो ।

हज गर्न जाने यात्रीको संख्या बढाउने आश्वासन साउदी सरकारले दिए पनि यो वर्ष नबढाएकाले सबै हाजीलाई पठाउन नसकिएको उहाँको भनाइ थियो । समितिले साउनको पहिलो साताभित्रै सबै हाजीलाई मक्का पठाईसक्ने जनाएको छ ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter