युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने कुँवर पक्राउ


काठमाडौ, असार १३ ।
काठमाडौको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनलाई आज बिहान बालाजुबाट पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाडौ भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् । युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया