बजेटसँग सम्बन्धित सबै विधेयक संघिय संसदबाट पारित गरिदै


काठमाडौं, असार १३ ।

संघिय संसदको प्रतिनिधिसभाबाट आज बजेट आश्रित सबै विधेयक पारित हुँदैछन् । त्यसका लागि प्रतिनिधिसभाको आज अपरान्ह ४ बजे बस्ने छ ।

बैठकमा सरकारले पेश गरेको बजेटसँग आश्रित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकमाथि दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ । त्यसअघि बैठकमा अर्थमन्त्री युवराज खतिवडाले ती विधेयकहरु पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

शुक्र, असार १३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter