लागुऔषध दुर्व्यसनी बढेः गृहमन्त्री थापा


काठमाडौं, असार ११ ।
गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुर्व्यसनी ‘समृद्ध नेपाल, सुखी नेपालीको बाधक बन्न पुगेको बताउनु भएको छ ।

समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आज राजधानीमा आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा उहाले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुर्व्यसनलाई रोक्नुपर्ने बताउनु भएको हो ।

लागुऔषध दुर्व्यसनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उहाको भनाइ थियो । गृहमन्त्री थापाले लागुऔषध दुर्व्यसनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गर्नुभएको छ ।

लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत काम गरिरहेको उहाको भनाइ थियो । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएको बताउँदै लागुऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नभएको छ ।

पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि हुनुका साथै कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित रहेको ले यसलाई रोकथाम गर्नु सबैको दायित्व भएको उहाको भनाई छ ।

बुध, असार ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter