कुपिण्डे तालमा डुबेर एक जना तीनदेखि बेपत्ता


सल्यान असार ११ ।
तीन दिनदेखि सल्यानको कुपिण्डे तालमा डुबेर बेपत्ता भएका एक जना अझै सम्म पनि फेला परेका छैनन् । गत सोेमबार साँझ वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा पौडी खेल्ने क्रममा तालमा डुबेका थिए ।
उनीसँगै पौडी खेलेका अरु तीन जना साथीहरु सकुशल रहेको भए पनि उनी भने तालमा डुबेको स्थानियले बताएका छन् । तीन दिनदेखि खोजी कार्य चलिरहेको भए पनि अझैसम्म उनी भेटिएका छैनन् ।

आज पनि स्थानीय र प्रहरीको टोलीले खोज्ने र आज पनि नभेटिए गोताखोरका लागि पहल गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

बुध, असार ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter