रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको मृत्यु


रुपन्देही, असार ११ ।
चट्याङ लागेर हिजो साँझ दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । दाङमा तीन बालक र रुपन्देहीमा दुई वृद्धासहित तीनजनाको मृत्यु भएको हो ।

दाङको राप्ती गाउँपालिका–३ मौरीघाटका ११ वर्षका रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षका साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौरीघाट माविछेउमा रहेको जामुनको रूखमा चढेका वेला रूखमै चट्याङ परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी विनोद विक्रम शाहले जानकारी दिनुभयो । विनाशका भाइ आठ वर्षीय अविनाश चौधरी भने गम्भीर घाइते भएका छन उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यस्तै रुपन्देहीमा खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेर गैडहवा गाउँपालिका–७ का २५ वर्षीय भगवान दास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सूर्यपुराका हवल्दार रामचन्द्र केसीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बुध, असार ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार