अछाममा ट्रयाक्टर दुर्घटना: ३ जना विद्यार्थीको मृत्यु


अछाम असार ११ ।
अछामको चौरपाटी गाउँपालिका–३, शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । अन्य ४ विद्यार्थी घाइते भएका छन् ।

से १ त ७८३९ नम्बरको ट्रयाक्टर आज बिहानै दुर्घटना हुँदा मृत्यु हुनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बिस्तृत बिवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

बुध, असार ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter