देश र जनताकाविरूद्व लागिरहेका शक्तिसँग एकिकृत जनक्रान्तिकाे प्रकृयामा बदला लिने ने.क.पा.काे. चेतावनी, नेपाल बन्द सफलः विप्लव(विज्ञप्तिसहित)


काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीले मंगलवारकाे नेपाल बन्द सफल भएकाे जनाएकाे छ । पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरी आजकाे नेपाल बन्द सफल भएकाे भन्दै बन्द सफल बनाउन सहयाेग गर्ने देशभक्त, वामपन्थी शक्ति, क्रान्तिकारी शक्ति, प्रगतिशील पक्ष, पार्टी पङ्क्ति र जनता सबैलाई धन्यवाद दिएका छन् ।

महासचिव विप्लवले एकिकृत जनक्रान्तिकाे प्रकृयामै देश र जनताका विरूद्व लागिरहेका शक्तिसँग बदला लिने पनि प्रतिबद्वता जनाएका छन् । साथै उनले राज्य अातङ्क, जनदमन र राष्ट्रघातकाविरूद्व सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू देशभक्त र लाेकतान्त्रिक शक्तिहरूलाइ एकताबद्व भएर संघर्षमा उत्रन समेत अपिल गरेका छन् ।

पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई यहि असार ५ गते प्रहरीले नियन्त्रणमा लिइ हत्या गरेकेा बिराेधमा  ने.क.पा.ले नेपाल बन्दकाे आह्वान गरेको थियाे ।

यस्ताे छ विज्ञप्ति

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter