पल्सर स्पोर्ट्स अवार्डको लागि चार विधाको मनोनयन सार्वजनिक


काठमाडौं १० असार ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७५ को लागि चार भिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।

आज आयोजित कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा अनी उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो । जसमा क्रिकेटबाट सर्वा्धिक ५ जना छनौटमा परेका छन । यस्तै फुटबलबाट ३, भलिबल, प्याराग्लाइडिङ, एथ्लेटिक्स र जुडोबाट २–२ जना मनोनयनमा पर्दा ब्याडमिन्टन, कराते, गल्फ र तेक्वान्दोबाट १–१ जना रहेका छन ।

यही असार १७ गते कमलादीस्थति एकेडेमी भवनमा आयोजना हुने १६औं संस्करणको अवार्डको लागि यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ बाँकी पाँच विधाको अवार्डको विजेता भने अवार्डकै दिन घोषणा गरिने एनएसजेएफले जनाएको छ ।

वर्ष २०७५ सालभर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक एवंम एनएसजेएफका सचिव गोविन्द रेग्मीले जानकारी दिएका छन ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार