अमेरिकाले लगायो इरानमा नयाँ प्रतिबन्ध


एजेन्सि, असार १० ।
अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ ।

प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ । नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण गरेका लगायतका कारण लगाइएको ट्रम्पको भनाई छ ।

यसैबीच इरानले अमेरिकाले लगाएको प्रतिबन्धलाई युद्धलाई निम्तो दिने अर्को एक कदम भनेर टिप्पणी गरेको छ । इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट गरेर प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति भनेका छन् । इरान र अमेरिकाबीच केही हप्तायता लगातार तनाब बढ्दै गएको छ ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया