सुनकोशी नदी किनारमा कार खस्दा दुई जनाको मृत्यु, दुई घाईते


काठमाडौं, असार १० ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा १३ च ३७९३ नम्बरको कार आज बिहान करि २ बजेतीर सुनकोशी नदी किनारमा खस्दा काठमाडौं, नयाँबानेश्वरकी ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्युत लामिछानेको मृत्यु भएको हो ।

घाइते भएका कार चालक ५८ वर्षीय दिपक लामिछाने र २६ वर्षीया आस्था लामिछानेको स्थानीय अस्पताल रातामाटामा उपचार भइरहेको छ ।
खोटाङको हलेसी महादेव दर्शन गरी काठमाडौं फर्किदै गरेको उनीहरु चडेको कार अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर खसेको थियो ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार