ने.क.पा.का ९ नेता -कार्यकर्ता गिरफ्तार, को कहाँबाट ?


काठमाडौं, १० असार ।

नेपाल बन्दका क्रममा रुकुमबाट नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य गम्भीरसहित ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीका राप्ती ब्युरो सदस्य गम्भीर, रुकुम जिल्ला सदस्य तथा आठबिसकोट नगरपालिका सेक्रेटरी छवि घर्ती, युवा संगठन, नेपाल रुकुम पश्चिमका उपाध्यक्ष विवेक विक र दिर्घ गहतराजलाई गिरफ्तार गरेको ने.क.पा. रुकुमले जनाएको छ ।
त्रिवेणी गाउँपालिका घरमा बसिरहेकोे अवस्थामा आज बिहान उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

४ जनालाई एकै ठाउँबाट घरमा बसिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले रिहाइको माग गरेको छ ।

यसअघि बन्दको पूर्वसन्ध्यामा ने.क.पा.का नेता तथा सामाजिक अभियान्ता नरबहादुर कार्कीसहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
नेता कार्कीलाई वालुवाटरबाट र ने.क.पा.मोरङ जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाललाई मोरङबाट गिरफ्तार गरेको थियो । यस्तै राति लमजुङका जिल्ला सेक्रेटरी विनोद सोनामलाई कास्की पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गिरफ्तार गरेको थियो ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया