गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिइँदै


काठमाडौं,असार १० ।

सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी विधेयक आज फिर्ता लिने भएको छ । राष्ट्रियसभामा दर्ता भएको विधेयक औपचारिक रुपमै फिर्ता लिन लागिएको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । दिउँसो १ बजे बोलाईएको बैठकमा विद्ययेक फिर्ता लिने तयारी भएको उहाँको भनाई छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसद्मा दर्ता गराइसकेको छ । प्रदर्शन चर्किंदै गएपछि भूमि व्यवस्था सहकारी र गरिबी निवारण मन्त्री पद्मा अर्यालले असार ३ गते नै विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन । गुठी विधेयकको विरोधमा काठमाडौंका नेवार समुदायले प्रदर्शन गर्दै आएका थिए । यसैबीच प्रतिनिधिसभाको बैठक अहिले जारी छ । बैठकमा आज पनि सम्बन्धित मन्त्रीले मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिईरहेका छन् ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter