आज नेपाल बन्द: यस्तो छ बन्दको प्रभाव(अपडेट)


काठमाडौं, १० असार ।
नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैबाट परेको छ ।

पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्याको बिरोधमा नेकपाले आज एक दिन नेपाल बन्दका आह्वान गरेको हो ।

बन्दका कारण उपत्यकासहित देशभर विहानै प्रभाव परेको छ । बजार, पसल बन्द छन् भने छोटो तथा लामो दुरीका यातायातका साधन सन्चालनमा आएका छैनन् ।

काठमाडौं उपत्यकामा पनि दूध, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी सधान चलेका छैनन् । भित्रि सडकहरुमा फाटफुट रुपमा मोटरसाईकल र नीजि सवारी साधनहरु चलेपनि सार्वजनिक यातायातका साधन ठप्प छ । शैक्षीक संस्थाहरु पनि बन्द भएका छन् ।

बन्दका क्रममा चितवनमा एकाबिहानै बिस्फोट भएको खबर छ भने बिभिन्न स्थानमा बम फेला परेको छ । चितवनको कालीका नगरपालीकास्थित शक्तिखोर बजारमा बिहान ५ बजे विस्फोट भएको जनाईएको छ । यस्तै भितवनकै रत्नगर ननगरपालीकाको टाडिबजार नजिकै रहेको पुलछेउ र राप्ति नगरपालीकामा पनि विस्फोट भएको खबर छ ।

उता, नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

उक्त बम आज बिहान मात्रै नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।

उता, बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्य कक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।

यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वडा नं. ३ को कार्यालयको गेटमा बम फेला परेको प्रहरीले जनाएको छ ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया