पौडेलको हत्याको विरोधमा आज ने.क.पा.को नेपाल बन्दः चितवनमा विस्फोट, झापा र बझाङमा शंकास्पद वस्तु फेला


काठमाडौं, १० असार ।
नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्याको बिरोधमा नेकपाले आज एक दिन नेपाल बन्दका आह्वान गरेको थियो ।

बन्दका कारण उपत्यकासहित देशभर विहानैबाट सुनसान छ । मुख्या राजमार्गहरु पनि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सवारी साधान चलेका छैनन् ।

विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूध, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी सधान चलेका छैनन् ।

बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

चितवन, झापा, बझाङलगायतका बिभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दका दिन एकाबिहानै चितवनमा बम बिस्फोट भएको खबर छ ।
चितवनको कालीका नगरपालीकास्थित शक्तिखोर बजारमा बिहान ५ बजे र रत्नगर ननगरपालीकाको टाडिबजार नजिकै रहेको पुलछेउमा विस्फोट भएको खबर प्राप्त भएको छ । बटनाबारे थप विवरण आउन बाकीँ छ ।

यस्तै बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ ।

प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्य कक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको थियो ।

यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकोट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ । वडा नं. ३ को कार्यालयको गेटमा बम फेला परेको प्रहरीले जनाएको छ ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter