उपत्यकाको १२ स्थनमा एकै चोटी विरोध जुलुस


काठमाडौं, ९ असार ।
सरकारले गुठी विधेयक फिर्ता गर्ने घोषणा गरेपनि विधेयक खारेज गर्नुपर्ने मागसहित आन्दोलन जारी छ । गुठीयार, सम्पदा, संस्कृतिअभियान्ताले गुठी विधेयक खारेजीको माग गर्दै सोमवार पनि काठमाडौं, भक्तपुर र ललितपुरका १२ स्थनमा एकै चोटी विरोध जुलुस निकाले ।
पाटन, भक्तपुर, ठिमी, साँखु, बालाजु, कीर्तिपूर, रत्नपार्कलागयतका स्थानबाट बेलुका ४ बजे एकै चोटी गुठीयारहरूले खबरदारी जुलुस निकालेका हुन्। उनीहरूले कालो झण्डा र नेपाली राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठले राष्ट्रिय सभाले फिर्ता गरी सरोकारवालासँग पुनर्लेखनका लागि छलफल आह्वान नगरेसम्म खबरदारी जुलुस निकालिरहने बताए।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter