नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वको १० जिल्लाका २४ स्थानमा एकैपटक मसाल जुलुस


झापा, ९ असार ।
नेपाल कम्युनिस्ट पार्टिका सर्लाहि जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको बिरोधमा आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा पूर्वका १० वटै जिल्लामा मसाल जुलुस निकालेको सो पार्टीले जनाएको छ ।
सोमवार साझ १० जिल्लाका २४ स्थानमा मसाल जुलुश निस्कीएको ने.क.पा.ले जनाएको छ ।
तेर्हथुमको म्याङ्लुङ र जिरिखिम्तिको बिचभागमा, सुनसरिको इटहरी हलगाडा, धरानको पानमारा, र बराहा नगरपालिकाको एक स्थान सहित ३ स्थानमा, मोरङ्गको पथरी , रंगेली, र सुन्दरहंरैचा सहित ३ स्थानमा, धनकुटाको १ स्थानमा मसाल जुलुस निकालीएको सो पार्टीले जनाएके छ । यस्तै ताप्लेजुङको खेजिनिम र हेल्लोक सहित २ स्थानमा, इलामको फाकफोकथुम र सुर्योदय सहित २ स्थानमा, उत्तरि मोरङ्गको १ स्थानमा, दक्षीणि इलामको १ स्थानमा, झापाको दमक, गौरादह, शिवसताक्षी, कमल, झापा, बिर्तामोड, हल्दिबारी, बार्हदशी, अर्जुनधारा सहित ९ स्थानमा, पांचथरको १ स्थानमा गरेर जम्मा २४ स्थानमा मशाल जुलुस सम्पन्न भएको ब्युरो कार्यलयका सचिब श्रीजनले जानकारी दिए ।
उनका अनुसार २४ स्थानमा पार्टिका नेता, कार्यकर्ता र पार्टी सदस्यहरु सहभागि भएका थिए ।
मोरङ्गमा आयोजित मसाल जुलुसमा पार्टी सेक्रेटरी कुमारले सम्बोधन गरेका थिए भने सुनसरिको कार्यक्रममा सेक्रेटरी सन्तोसले धारणा राखेका थिए । उनीहरुले पार्टीमाथि दमन बढाउदै लगेको वर्तमान सरकारले पछिल्लो समय पार्टीका नेता कार्यकर्ताको हत्या गर्न थालेको भन्दै त्यसको प्रतिरोध गर्नुपर्ने अवस्था श्रृजना भएको बताए ।
झापाका सेक्रेटरी मनिसले सरकारको बर्बरताको जवाफ दिन पार्टीले धैर्यता गुमाए त्यसको सामना गर्न कसैले नसक्ने बताए ।
तेह«थुममा सेक्रेटरी अमृत र इन्चार्ज प्रशान्तले बोलेका थिए । उनीहरुले मुलुकमा बढ्दै गएको भ्रस्टाचार, सामाजिक असुरक्षा लगायतका बिरुद्ध पार्टीले आवाज उठाउदा सरकार दमनमा उत्रिएको भन्दै त्यसको उचित जवाफ फर्काउने बेला आएको बताए ।
त्यस्तै इलामका सचिब तागेराले सुबास नेम्बाङ लिम्बुहरुको बिरोधमा लाग्दै अहिले जनहत्याको मतियार बनेको आरोप लगाए ।
उता ताप्लेजुङमा भएको कोणसभामा जिल्ला इन्चार्ज सकलले जनघाती दलालहरुलाईस जनताले ठेगान लगाउने बताए । यता, धनकुटामा पनि मसाल जुलुस निकालिएको थियो । सो क्रममा आयोजित कोणसभामा बोल्दै सेक्रेटरि बिशालले जिल्ला ईन्चार्ज विवशलाई तत्काल रिहा गर्न माग गरे । उनले भोलीको बन्द सफल पार्न सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन् ।
यस्तै पाँचथरमा आयोजित मसाल जुलुस पछिको कोणसभामा बोल्दै जिल्ला सेक्रेटरी राजुले पार्टी बिरुद्ध जिल्लामा देखिएका सड्यन्त्रको पहिचान भएकोले समय आएपछी कारबाही गरिने चेतावनी दिए ।
ब्युरो कार्यलयका सचिब श्रीजनले पार्टीका नेता तथा सर्लाहि इन्चार्ज पौडेलको निर्ममतापूर्वक नियन्त्रणपछि हत्या गरेको विरोधमा नेपाल बन्द आयोजना गरेकाले सबै उद्योगी, व्यवासायि, शिक्षण संस्था , यातायात सबैलाइ बन्दलाइ सहयोग गरिदिन समेत अपिल गरे ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter