बैंक तथा वित्तीय संस्था फोर्स मर्जर नीति लागु गरिने, मन मिल्ने बैंक अहिले नै छानेर मर्जरका लागि तयारी रहन गभर्नरकाे सुझाव


काठमाडौं, ९ असार । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था फोर्स मर्जर गर्ने गरी आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति ल्याउन लागेको जानकारी दिएका छन् ।

आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा गभर्नर नेपालले सरकारले दीर्घकालीन सोच लिएर मौद्रिक नीति जारी गर्ने भन्दै बैंक तथा वित्तीय संस्थाको मर्जर बिना देश नबन्ने बताए।

बैंकहरू मर्जमा जानु बाहेक अर्काे विकल्प नभएकाे उनले बताए ।  मन मिल्ने बैंक अहिले नै छानेर मर्जरका लागि तयारी रहन पनि उनले सुझाव दिए।

२०६२/६३ देखि बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले खुला छाडे पनि १० वर्षसम्म एक/दुई बैंक बाहेक अन्यले पूँजीको सीमा बढाउन नसकेको भन्दै गभर्नर नेपालले बाध्यकारी नीतिबिना बैंक अघि नबढ्ने दाबी गरेका छन्।  पहिले पुँजीवृद्वि गरेर ८ अर्ब पुर्‍याउँदा आफू एक्लै लडेको तर अहिले मर्जरको विषय बजेटमै सम्बोधन भएकाले समस्या नहुने उनकाे तर्क ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगी/व्यवसायीले बैंकलाई पेल्ने गरी ब्याजदर ३.५ प्रतिशत बनाउन लबिङ गरेकाे भन्दै सहमतिलाई उद्योगी/व्यवसायीले कार्टेलिङ भन्नु गलत भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकले साना तथा मझौला उद्योगमा लगानी गर्न आनाकानी गर्ने गरेकाले बिग मर्जरबारे सोच्नुपर्ने बताए।मौद्रिक नीति कस्तो आउँछ भन्ने चासोका साथ निजी क्षेत्र हेरिरहेको उनकाे भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले लगानीयोग्य पुँजीको अभाव रहेको भन्दै सबैले एउटै क्षेत्रमा लगानी गर्ने परिपाटी अन्त्य गरिनुपर्ने धारणा राखे ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter