नेपाल बन्दको पूर्वसन्ध्यामा सुनसरीका बिभिन्न स्थानमा मसाल जुलुश


इटहरी, ९ असार ।
नेपाल बन्दको पूर्वसन्ध्यामा आज नेपाल कम्युनिस्ट पार्टीले देशभर मसाल जुलुस बालेको छ । पार्टीका सर्लाहि जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको बिरोधमा ने.क.पा.ले नेपाल बन्दको आह्वान गरेको हो ।
यसैक्रममा आज सुनसरी जिल्लाका बिभिन्न स्थानमा ने.क.पा.का नेता कार्यकर्ताले मसाल जुलुस बालेका छन् । धरान, इटहरी र बराहा नगरपालीका लगायतका बिभिन्न स्थानमा मसाल जुलुस निस्किएको ने.क.पा.सुनसरीका जिल्ला इन्चार्ज विश्वासले जानकारी दिए ।
सुनसरीको इटहरी हलगाडा, धरानको पानमारा, र बराहा नगरपालिकाको एक स्थान सहित ३ स्थानमा मसाल जुलुस निस्किएको थियो । मसाल जुलुसपछिको कोणसभामा बोल्दै जिल्ला सेक्रेटरी सन्तोसले सरकारको अत्यचार नरोकिए सरकारी मान्छेहरु बिरुद्ध लडाइ सोझ्याएर अगि बड्ने चेतावनी दिनए ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter