अष्ट्रेलिया भ्रमणमा रहेका नेकपाका नेता चौलागाई र क्युवा-भेनेजुयलाका राजदुतबीच भेटवार्ता


अष्ट्रेलिया, ९ असार ।

सत्तारुढ नेकपाका युवा नेता युवराज चौलागाईले अष्ट्रेलियाको लागि क्युवा र भेनेजुयलाका राजदुतसँग भेटवार्ता गरेका छन् । अष्ट्रेलियाकाे भ्रमणमा रहेका  चौलागाईले सोमबार दिउँसो अष्ट्रेलियाका लागि क्यूवाका राजदूत एरियल लाेरेन्जाे राेड्रिगेज र  भेनेजुयलाका राजदूत डेनियल क्यासपेरी संग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा राजदूतहरुले पार्टी एकता र बलियो सरकार गठन गर्न सफल भएकोमा नेकपा लाई बधाई दिएका थिए । यस्तै समसामयिक राजनीतिको बारेमा समेत छलफल भएकाे थियाे । साे क्रममा नेता चौलागाईले दुबै राजदूतहरुलाई नेपाल भ्रमण बर्ष २०२० मा नेपाल भ्रमणका लागि  आग्रह गरेका थिए ।

यस्तै आजै  नेता चौलागाईले क्सानबेरा स्थित नेपाली राजदूताबासको अबलोकन गर्नुका साथै कार्यवहाक राजदूत द्रुपदा सापकोटा लगायत कर्मचारी हरुसंग समसामयिक बिषयमा अन्तरक्रिया गरेका थिए ।

 

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया