विदेशी च्यानलहरु २४ घन्टालाई बन्द, यस्तो छ कारण


काठमाडौं, असार ९ ।
प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।

आज अपरान्ह ३ बजेदेखि भोली अपरान्ह ३ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरुको प्रसारण बन्द गरिएको हो । इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् ।

विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारण नरोकिएको महासंघले जनाएको छ । संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ ।

उक्त व्यवस्था लागू गर्दा उत्पन्न हुने परिस्थितिको जानकारी गराउन भन्दै सेवा प्रदायकहरुले च्यानलहरु बन्द गराएका हुन् ।
नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया