‘उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त’


भक्तपुर ९ असार ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताउनु भएको छ ।

भक्तपुर नगरपालिकाको आजबाट सुरु भएको पाँचौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले गुठी जग्गाको नियन्त्रण गर्न यसो गर्नु उपयुक्त हुने सुझाव दिनुभएको हो । नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्दै उहाले यसको व्यवस्थापन आवश्यक भएको औंल्याउनु भएको छ ।

उहाले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिए व्यवस्थित रुपमा कार्य सम्पन्न हुने बताउनु भएको छ ।

कार्यक्रमका संघीय सांसद प्रेम सुवालले सरकारको नवौंं पञ्चवर्षीय योजनामा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने योजना भएको तर बजेट वक्तव्यमा काठमाडौं उपत्यकालाई मेघासिटी बनाउने योजनालाई अगाडि सारेको बताउनु भयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter