ने.क.पा.का मोरङ जिल्ला जनपरिषद् प्रमुखसहित तीन जना गिरफ्तार


विराटनगर ९ असार ।
नेपाल कम्युनिष्ट पार्टिका मोरङ जिल्ला जनपरिषद् प्रमुख सहित तीन नेता कार्यकर्तालाई प्रहरीले आज गिरफतार गरेको छ ।

मोरङ जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाललाई आज प्रहरीले गिरफतार गरेको हो ।

अशोक र कंशलाई बेलबारी–३ स्थित स्कुल डाँडाबाट र केन्द्रलाललाई उर्लाबारी–२, सालबारीस्थित आफ्नै घरबाट गिरफतार गरेको मोरङ प्रहरीले जनाएको छ ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया