पौडेलको हत्याबारे एक साताभित्र सत्य–तथ्य सार्वजनिक गर्न संसदीय समितिको सरकारलाई निर्देशन


काठमाडौं, असार ९ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेलको हत्याको विषयमा तत्काल छानबिन गरी सत्य तथ्य पक्ता लगाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले आज गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल हत्याकाण्डको विषयमा छानविन गरि तत्तकाल सत्यतथ्य पत्ता लगाई एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानबिन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा समितिका सदस्यहरुले पौडेलको मुठभेडमा नभइ प्रहरीले हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए ।

ऋाजको समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले विप्लव नेतृत्वको सर्लाहि जिल्ला ईन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको जनाफ दिनुभएको थियो ।
तर सांसदहरुले भने पौडेलको मृत्युका सम्बन्धमा गृहमन्त्री थापाले दिएको जानकारी विश्वसनीय नभएको टिप्पणी गरेका छन् । उनीहरुले गोली लागेर मारिएको व्यक्तिको हात ६÷७ ठाउँमा कसरी भाँचियो ? भन्ने प्रश्न पनि गरेका छन् ।

बैठकमा बोल्दै समिति सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने जिकिर गर्नुभयो ।

प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताबाट आएको रिपोर्ट फरक रहेको भन्दै उहाँले गोली लागिएर मारिएको मान्छेको हात भाचिनुले हत्या गरिएको देखिने बताउनु भयो ।

गोली लागेर मारिएको व्यक्तिको हात ६÷७ ठाउँमा कसरी भाँचियो भन्दै गृहमन्त्री थापासँग प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘प्रहरीको रिपोर्टले मूठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मूठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्ने भन्दै शर्माले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु जरुरी नभएको पनि बताउनुभयो । उहाँले विप्लव पार्टीसँग तत्काल वार्ताको पहल थाल्न पनि सरकारलाई सुझाव दिनुभयो ।
शर्माले जस्तै कांग्रेसका सांसद दिलेन्द्र बडुले पनि विप्लव ने.क.पा.को क्रियाकलाप नियन्त्रण गर्ने नाममा असंवैधानिक र मानवअधिकार हनन नगर्न सरकारलाई सचेत गराउनु भयो । गत असार ५ गते नेकपाका सर्लाही इञ्जार्ज पौडेलको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियोे ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter