ने.क.पा.नेता पौडेलको हत्याको बिरोधमा गरिएको भोलीको नेपाल बन्द विशेष हुने, आज देशभर मसाल जुलुस निकाल्दै


काठमाडौं, ९ असार ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा आज देशभर मसाल जुलुस निकाल्दैछ । पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेलको हत्याको बिरोधमा ने.क.पा.ले भोली नेपाल बन्दको आह्वान गरेको छ ।

बन्दको पूर्वसन्ध्यामा आज उपत्यकासहित देशभर मसाल बाल्न लागेको ने.क.पा.ले जनाएको छ । इन्चार्ज पौडेलको असार ५ गते प्रहरीले निन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको भन्दै ने.क.पा.का महासचिव विप्लवले यसहघि नै बिज्ञप्ति निकालेर बन्द सहितको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्नुभएको थियो ।
सोहि कार्यक्रम अन्तरगत आज साझ देशभर मसाल जुलुस निकाल्ने र भोली नेपाल बन्दको आह्वान गरिएको हो ।
आफ्नो नेतालाई प्रहरीले नियन्त्रणमा लिई हत्या गरेपछि थप आक्रोशित बनेको नेपाल कम्युनिष्ट पार्टीले भोलीको बन्दलाई कडा पार्ने जनाएको छ ।

सो पार्टीले भोलीको बन्द बिशेष हुने भन्दै सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ । सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको भन्दै सरकारको यस्तो हर्कत बिरुद्ध उत्रन आम जनसमुदायलाई ने.क.पा.ले अपिल समेत गरेको छ । साथै उसले बन्दको अबज्ञा गर्ने र गर्न उक्साउनेसमेतलाई निगरानीमा राख्ने र उचित सजायको लागि आम जनता समक्ष पेश गर्ने समेत बताएको छ ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter