प्रदेश नं.२ कै पहिलो महिला मेयर साहद्वारा निशुल्क साइकल वितरण


संजय कुमार सहनी /रौतहट ५ असार ।

प्रदेश २ कै पहिलो महिला मेयर स्थानिय मौलापुर नगरप्रमुख रिना कुमारी साहले महिलाको पुर्ण विकास नभए सम्म देशको विकास असम्भव रहेको बताएकी छिन । रौतहटको गुजरा नगरपालिका स्थित कटानी माध्यामिक बिधालयमा आयोजित छात्राहरुलाई निशुल्क साईकल बितरण समारोहका प्रमुख अतिथि नगरप्रमुख साहले उक्त बिचार राखेकी हुन ।

महिलालाई अगाडी बढाउन सरकारले ३३ प्रतिशत आरक्षणको सटा ५० प्रतिशत बनाउनुु पर्ने बताउदै उनले छात्रालाई शिक्षाप्रती आकर्षण बढाउन निशुल्क साईकल बितरण कार्यक्रमको आयोजना गरीएको बताईन । मेयर साहले छात्राहरुको बिषेश कार्यक्रम अनुसार मौलापुर नगरक्षेत्रमा पर्ने माध्यामिक बिधालयहरुमा किशोरीहरुलाई पढाईमा कठिनाई नहोस भनी महिनावारी हुँदा प्रयोग हुने सिनेटरी प्याड समेत बितरण गर्दैआएको बताईन ।

रौतहट संसदिय निर्वाचन क्षेत्र ३ अन्तरगत संसदिय निर्वाचनमा संघिय सांसद प्रभु साहले गरेको चुनावी घोषणा अनुसार निर्वाचन पछी छात्राहरु लाई निशुल्क साईकल बितरण गर्दैआएको मेयर रिना कुमारी साहले जानकारी गराईन । तराई मधेश जनयुद्ध सहीद स्मेती प्रतिष्ठानको आयाजनामा आज बिहिवार आयोजित साईकल बितरण समारोहमा कक्षा ९ र १० मा अध्ययनरत ६५ जना छात्रालाई निशुल्क साईकल बितरण गरीएको आयोजक संस्थाका सचिव त्रिभुवन साहले बताएका छन ।

यसअघि गत मंगलवार एक समारोहका बिच कंकाली माध्यामिक बिधालय जंगलसैयामा कक्षा ९ र १०मा अध्ययनरत ८० जना छात्रालाई निशुल्क साईकल बितरण गरीएको सचिव साहले जानकारी दिएका छन ।

संसदिय निर्वाचन यता रौतहट निर्वाचन क्षेत्र ३ अन्तरगतका गुजरा, कटहरिया,फतुआ बिजयपुर,देवाही गोनाही,गरुडा,मौलापुर नगरपालिका अन्तरगत बिभिन्न बिधालयमा माध्यामिक स्तरमा अध्ययनरत छात्रालाई उक्त संस्था मार्फत निशुल्क साईकल बितरण गरीसकेको आयोजक संस्थाले जनाएको छ ।

त्यसैगरी छात्रालाई शिक्षाप्रती बिषेश आकर्षणको निमित यसै आर्थिक बर्षमा मौलापुर नगरपालिकाको लगानीमा उच्च शिक्षा अध्ययनरत ६० जना छात्रालाई निशुल्क ल्यापटप बितरण गरीएको मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी दिएका छन ।

बिहि, असार ५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया