प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेटः सुदुरपश्चिमद्धारा प्रदेश पाँच पराजित


काठमाडौं असार ८ ।
कञ्चनपुरमा जारी प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा सुदुरपश्चिमले प्रदेश नं पाँचलाई ५१ रनको पराजित गरेको हो ।

१ सय १ रनको लक्ष्य पछ्याएको प्रदेश ५ टिम १६ ओभरमा ४९ रनमा समेटियो । लक्ष्मी चौधरीले अविजित १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रदेश ५ का ५ खेलाडीले खाता खोल्न सकेनन् ।

सुदुर पश्चिमकी जानकी भट्टले ३ विकेट हात पारिन् । यस्तै कबिता कुवर, सुमन बिष्ट् र लक्ष्मी साउदले समान २(२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १६ ओभर १ बलमा सय रन बनाएको थियो ।

कविता कुँवरले ४३ रन बनाएको ईनिङ्समा कबिता जोशीले १९ रनमा आउट भईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छ्न सकेनन् । प्रदेश ५ की नेरी थापा र अलिसा केसीले समान ३(३ विकेट हात पारे । खेलको ’वुमन अफ द म्याच’ सुदुर पश्चिमकी कबिता कुँवर घोषित भइन् ।

आइत, असार ८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार