छैटौं महिला राष्ट्रिय विच भलिबलः फाइनलमा एपीएफ र पुलिस भिड्ने


काठमाडौं,असार ८ ।
विभागीय टिम एपीएफ क्लबको ’ए’ टिम पोखरामा जारी छैटौं महिला राष्ट्रिय विच भलिबलको फाइनलमा प्रवेश गरेको छ । फेवातालको किनारमा आज भएको खेलमा नेपाल पुलिस क्लबको ’बी’ टिमलाई २(० को सेटमा पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो ।

बिनिता बुढाथोकी र नेबिका चौधरी रहेको एपीएफले मनिषा चौधरी र पुष्पा चौधरीको जोडी रहेको पुलिसलाई २१(९ र २१(१४ को सेटमा पाखा लगायो । अब एपीएफले फाइनलमा पुलिसको ’ए’ टिमसंग खेल्नेछ ।

कोपिला उप्रेती र निता शाह रहेको पुलिस ’ए’ टिम यसअघि नै फाइनल पुगिसकेको छ । महिलातर्फको तेस्रो स्थानका लागि मनिषा खाँड र पुष्पा पल्परियाको जोडी रहेको त्रिभुवन आर्मी क्लब ’ए’ टिमले मनिषा चौधरी र पुष्पा चौधरी रहेको पुलिस ’बी’ संग खेल्नेछ ।

सातौं पुरुष राष्ट्रिय विच भलिबलतर्फ आर्मीको ’ए’ टिम,गण्डकी प्रदेशको ’ए’ टिम, पुलिसको ’ए’ टिम र गण्डकीको ’बी’ ले सेमिफाइनलमा स्थान बनाएका छन् । मानबहादुर श्रेष्ठ र दिल सुनुवार रहेको आर्मीको ’ए’ ले क्वाटरफाइनलमा महेन्द्र श्रेष्ठ र विजय थापा मगर रहेको एपीएफको ’ए’ टिमलाई २१(१४,२१(१८ ले पराजित गर्यो ।

सेमिफाइनलमा आर्मीले गण्डकी ’ए’ संग खेल्नेछ । त्यस्तै पुलिसको ’ए’ टिमले प्रदेश ३ को ’बी’ टिमलाई २१(१५ र २१(९ को सेटमा हराएर सेमिफाइनल पुगेको छ । गण्डकीको ’बी’ टिमले पुलिसको ’बी’ टिमलाई २१(१२ र २१ (१२ को सेटमा हराएर सेमिफाइनल पुगेको छ ।

आइत, असार ८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार