गुठी विधेयक पूर्ण रुपमा खारेज हुनुपर्छ: राप्रपा


काठमाडौं, असार ८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।
केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताउनु भएको हो ।

राप्रपाले गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गरेको हो । अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाउनुभयो ।

थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताउनुभयो । राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

आइत, असार ८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार