माईतीघरमा विशाल प्रदर्शनः गुठी विधेयक खारेज गर्न माग, नेवार समुदाय स्वतस्फूर्त सडकमा निस्किए(फोटोफिचर)


काठमाडौं, ४ असार । गुठी सम्बन्धी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । सरकारले विधेयक फिर्ता लिएको घोषणा गरे पनि प्रदर्शनकारीहरुले ‘फिर्ता होइन खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।

विधेयक फिर्ता लिएर सरकारले भ्रम सिर्जना गर्न खोजेको उनीहरुको भनाइ छ । अनुकुल समयमा फेरि पेश गर्न सक्ने गरी सरकारले तत्काल फिर्ता लिएको ठहर गर्दै प्रदर्शनकारीहरुले खारेजीको माग गरेका हुन् ।

गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकारका लागि खबरदारी गर्न आयोजित प्रदर्शन एवं खबरदारी सभामा ठूलो जनसहभागिता देखिएको छ । माइतीघरको खबरदारी सभामा काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु सहभागी भएका थिए ।

बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वतस्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा निस्कीएका छन् ।

नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका उनीहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै गर्नुपर्ने माग अघि सारेका छन्।

 

बुध, असार ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया