अदालतले रिहा गरे लगत्तै साहित्यकार दिपेन्द्र बुढा पुन: पक्राउ


१ असार पोखरा। प्रगतिशील लेखक सघं कास्किका सदस्य साहित्यकार दिपेन्द्र बुढा क्षेत्रिलाई उच्च अदालत पोखराले निर्दोष साबित गर्दै छाडने आदेस दिए लगतै प्रहरीले पुन पक्राउ गरेको छ।

गत जेठ २५ गते घान्द्रुकको उरि बाट विद्यार्थी बैठकबाट बुढा सहित १८”जनालाइ कास्की प्रहरीले गिरफ्तार गरेको थियो।गिरफ्तार गरेका मध्य नौ जनालाइ राज्यबिरुद्दको मुद्दा लगाइएको थियो उक्त मुद्दामा उच्च अदालतले छाडने आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको थियो ।

नौ जना बाहेक अन्य विद्यार्थीलाई भने सार्बजनिक अपराधको मुद्दा लगाइएको थियो । सार्बजनिक मुद्दा लगाइएका हरुलाइ पनि आज उच्च अदालत पोखराले रिहाइ गर्ने आदेस दिए लगतै सवै रिहाइ भए पनि साहित्यकार दिपेन्द्र बुढालाइ भने प्रहरिले पुन पक्राउ गरि झुटा मुद्दा लगाउने तयारी गरिरहेको बुझिएको छ। दिपेन्द्र बुढालाइ अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ। साहित्यकार दीपेन्द्र बुढा पृथ्वीनारायण क्याम्पस पोखरा मा अध्यनरत विद्यार्थी समेत हुन।

आइत, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter