मिडिया काउन्सिल विधेयकविरुद्ध उत्रिन थापाको आह्वान


काठमाडौं, असार १ ।
नेपाली कांग्रेसका सांसद गगन थापाले मिडिया काउन्सिल विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गर्नुभएको छ । बहुमतको बलमा विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उहाँको दाबी छ ।

संसदको आजको बैठकमा बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गर्नुभएको हो । विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, जिस्क्याउने, धम्याउने आशयले केही लेखेमा ५ वर्ष कैद वा १५ लासखम्म जरिवाना गर्ने व्यवस्था रहेको भन्दै उहाँले ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के भन्दै प्रश्न गर्नुभयो ।

अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतमा सर्वोच्च अदालतले सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरेको स्मरण गर्दै सांसद थापाले नेपालमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको तर्क गर्नुभयो । उहाँले अभिव्यक्तिको स्वतन्त्रताको पक्षधरहरुलाई होसियार रहन अपील गनुृभयो ।

आइत, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter