नेकपा नेता पुष्करलाई पितृशोक, कारागारमा रहेको छोरो हेर्ने गिरीबहादुरको ईच्छा अधुरैः पशुपतिमा गरियो अन्त्यष्टि (तस्बिरसहित)


काठमाडौं, ३१ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम श्रेष्ठ ‘पुष्कर’लाई पितृशोक परेको छ । श्रेष्ठका बुबा गिरीबहादुर श्रेष्ठको ७४ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

लिखु गाउँपालिका ५ ओखलढुङ्गा निवासी श्रेष्ठको कलेजोको क्यान्सरका कारण उपचारका क्रममा काठमाडौको पिपुल्स मेडिकल कलेज नयाँबजारमा बिहान ५ बजेर १० मिनेटमा निधन भएको थियो।

स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्तीव शरिरमा जेठो छोरा सिताराम श्रेष्ठले दागवत्ति दिनुभएको थियो ।

उहाँका पाँच छोरा र दुई जना छोरी रहेका छन् । जसमध्ये साईला छोरा घनस्याम श्रेष्ठ ‘पुष्कर’ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएर राजनीतिक रुपमा सक्रिय हुनुहुन्छ । लामो समयदेखि पत्रकारीता क्षेत्रमा समेत सक्रिय श्रेष्ठ मेची काली सन्चार प्रालीको अध्यक्ष समेत हुनुहुन्छ । सोहि प्रालिद्धारा सन्चालित रेडियो मिर्मिरेको प्रमुखको रुपमा जिम्मेवारी सम्हानुभएका उहाँ पछिल्लो समय पार्टीको संगठनात्मक जिम्मेवारी लिएर पूर्वको कोसी व्युरो जानुभएको थियो ।

कोसी व्युरो संयोजक रहेका पुष्करलाई गत चैत १० गते मोरङको कानेपोखरीबाट प्रहरीले गिरफ्तार गरेको थियो । उहाँलाई जिल्ला अदालत सुनसरीले धरौटिमा रिहा गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि धरौटि बुझाउन अस्वीकार गर्नुभएको थियो । उहाँलाई हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिकास्थित झुम्का कारागारमा राखिएको छ ।

यस्तै काईला छोरा हरि बहादुर श्रेष्ठ पनि ने.क.पा. निकट किषान महासंघको कार्यलय सचिव हुनुहुन्छ भने माईलो छोरा हेमनारायण श्रेष्ठ जनयुद्धकालमा नै वेपत्ता हुनुभएको थियो ।

जनयुद्धकालमा वेपत्ता छोरोको अवस्था सार्वजनिक गर्न माग गर्दै आउनुभएका स्वर्गीय गिरीबहादुर पछिल्लो समय क्यान्सर पिडित बन्नुभएको थियो । क्यान्सरबाट ग्रस्त भएपछि अस्पतालमा उपचार गराईरहेको अवस्थामा उहाँले कारागारमा भएको छोरो भेट्न खोजेपनि भेट्न नदिईएको भन्दै परिवारले दुख ब्यक्त गरेको छ ।

बुबा गिरीबहादुरले ‘प्राणजानु अघि एकपल्ट साइँलो छोरा पुष्करको मुख हेर्ने इच्छा छ’ भन्दै मुख हेर्न खोजेकोले पटक पटक भेट गराउने वातावरण बनाईदिन आग्रह गर्दा समेत सरकारले क्रुर बनेर उक्त प्रस्ताव अस्वीकार गरेको बुहारी गिता खरेलले जानकारी दिनुभयो ।

यसैबीच, स्वर्गीय गिरीबहादुर श्रेष्ठको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले दुःख व्यक्त गरेको छ ।

श्रेष्ठको निधनले पार्टीलाई अत्यन्त मर्माहत बनाएको भन्दै नेकपा मेची–कोशी ब्युरोले विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली प्रकट गरेको छ ।
ब्युरो इन्चार्ज शिखाले पुष्करलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

         

शुक्र, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter