ने.क.पा.का कास्की सेक्रेटरी आक्रोशसहित ९ जना विद्यार्थी नेतालाई रिहा गर्न अदालतको आदेश


कास्की, ३० जेठ ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’सहित ९ जना विद्यार्थी नेताहरुलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।
बिहिवार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहस सुनुवाईपछि उच्च अदालत पाेखराले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।

इजलास नम्बर २ मा भएकाे बहसपछि जिल्ला सेक्रेटरी आक्रोशसहित नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ , अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक मिलन राइ, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, राजन साउद र बिद्यार्थी नेता तथा सहिद पुत्र सुजन सापकोटालाई माननीय न्यायिधिसद्वय तेजबहादुर कार्की र सुभाष पौडेलकाे संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो ।

आक्राेशसहित ९ जनालाइ नै गैरन्यायीक रूपमा गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएकाेले रिहा गर्न माग गर्दै पृथ्वीराज भण्डारीले बन्दी प्रत्यक्षीकरणकाे रिट निवेदन दिएका थिए । रिट निवेदककाे हकमा पाेखरा जिल्ला बार एसोसिएसनका अध्यक्ष राेहितराज बास्ताेला, अधिवक्ता सन्ताेष काेइराला लगायतले बहस गरेका थिए ।
अदालतले रिहा गरेपनि प्रहरीले पुनः उनीहरुलाई गिरफ्तार गर्ने तयारी गरेको बुझिएको छ ।  ९ जना नेताहरुलाई नै अहिले पाेखरा जिल्ला बार एसोसिएसनको कार्यलयमा राखिएको बताईएको छ ।
उनीहरुलाई यहि जेठ २६ गते कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा विद्यार्थीको संयुक्त बैठक बसिरहेको अबस्थामा गिरफ्तार गरेको थियो । अखिल(क्रान्तिकारी) जिल्ला कमिटि कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकबाट प्रहरीले २२ जनालाई गिरफ्तार गरेको थियो ।

बिहि, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter