पार्टी र नेताबिरुद्ध प्रचार मिडियाको पीत-पत्रकारिता -अनिल शर्मा ‘विरही’,पीवीएम- नेपाल कम्युनिस्ट पार्टी


गृहमन्त्रालयको भत्ता थापेर भाडाको कलम चलाउने चलन नेपालमा पञ्चायतीकालमा झाङ्गिएको हो । त्यो चलन अहिले पनि चलिरहेकै छ । सामाजिक दलाल सरकार बनेपछि त्यसलाई अझ तीव्र पारिएको छ । गत भदौमा प्रकाण्ड गिरफ्तार हुनासाथ घुसपैठिया, शङ्कास्पद र कारबाहीमा परेका व्यक्तिहरू र संवाददाताहरूको दारूपाटी चलाउने र भाडामा लेख्ने–लेखाउने क्रम तीव्र भएको छ । कान्तिपुर दैनिकको पटकपटकको समाचार विश्लेषणमा भूमिकाको विषयलाई लिएर कारबाही गरेको बताइएको छ । त्यो यस्तो नाङ्गो झूट, नियोजित षड्यन्त्र र क्रान्तिकारी शक्तिका विरुद्ध अपराधकर्म हो कि सो दाबीलाई नेकपा स्थायी समितिद्वारा २०७५ कात्तिक १८ मा जारी परिपत्र बुँदा नं. २ मा भनिएको छ । ‘ सरकारी दमनका विरुद्ध पार्टीले गरेको सङ्घर्ष, कमरेड प्रवक्ताको नेतृत्वमा बन्दी कमरेडहरूले हिरासतभित्र गरेको सङ्घर्ष र नेपाली जनताको समर्थनले यो लडाइँमा सामाजिक फासिवादको हार र हाम्रो पार्टीको जित भयो ।पार्टीको स्थायी समिति बैठकमा महासचिव कमरेड विप्लवले रिहा हुनुभएका कमरेड प्रकाण्डलाई बैठकमा स्वागत गर्न प्रस्ताव गर्नुभयो र बैठकले मुठ्ठी उठाएर स्वागत ग¥यो ।’ त्यसकारण भएको होइन कि उनीहरूले त्यस्तो अपेक्षा गर्छन् । उनीहरूको हर्कतलाई अर्थात् प्रचारयुद्ध र फौजी युद्धलाई आठौँ पूर्ण बैठक (२०७५ साउन)मा पारित राजनीतिक प्रस्तावको पृष्ठ १ मा भनिएको छ, ‘गिरफ्तारपछि प्रतिक्रियावादीहरूले अनेकौँ रङ्गीविरङ्गी विषालु प्रचारसमेत गरेर पार्टीभित्र र बाहिर भ्रम पार्ने खेलसमेत खेले ।’ प्रवक्ता गिरफ्तार हुनासाथ त्यसलाई तीव्र पारियो ।

नेकपाका केन्द्रीय सदस्यहरूलाईसमेत पार्टी स्थायी समितिसँग पहुँच सहज छैन भने काठमाडौँको गल्ली र गृह मन्त्रालयका ढोका चहार्ने कथित बिग हाउसका फन्टुसहरूले त्यसप्रकारको दाबी गर्नु कति हास्यास्पद छ, सहजै बुझ्न सकिन्छ । नेकपा गुटहरूको संयुक्त मोर्चा होइन । महासचिव विप्लवले नै सबै कुराको अन्तिम निर्णय गर्छन् ।

विषम राजनीतिक परिस्थिति र केही टार्नै नसकिने व्यस्तताकाकारण केही दिन प्रवक्ताको नामबाट विज्ञप्ति नआउँदासाथ ‘मनको लड्डु घ्यूसँग’ खान थालियो– प्रकाण्ड कारबाहीमा । त्यो त नेकपामा विषयअनुसार महासचिव, प्रवक्ता, कार्यालय सचिव अथवा सङ्गठन प्रमुखले आपसी सरसल्लाहमा विज्ञप्ति दिने चलन छ । प्रवक्ताको विज्ञप्ति देख्नासाथ अर्को कथा सुरु गरे–प्रकाण्डको पुनरागमन । कतिपय संवाददाताहरूले आफ्नो समाचारको स्रोत नेकपाको स्थायी समिति बताउँदै हिँडेका छन् । नेकपाका केन्द्रीय सदस्यहरूलाईसमेत पार्टी स्थायी समितिसँग पहुँच सहज छैन भने काठमाडौँको गल्ली र गृह मन्त्रालयका ढोका चहार्ने कथित बिग हाउसका फन्टुसहरूले त्यसप्रकारको दाबी गर्नु कति हास्यास्पद छ, सहजै बुझ्न सकिन्छ ।
नेकपा गुटहरूको संयुक्त मोर्चा होइन । महासचिव विप्लवले नै सबै कुराको अन्तिम निर्णय गर्छन् । कारबाहीमा परेकाहरू मूलतः पत्रकार सङ्गठन र स्वास्थ्यमा हो । उनीहरू तीन प्रकारका थिए–
(क) घुसपैठिया र शङ्कास्पद व्यक्तिहरू
(ख) गृहमन्त्रालयबाट रकम बुझ्नेहरू
(ग) अराजक र हुलमुलमा फसेकाहरू

अनुशासनमा नबस्ने र भावनामा भड्किएका तर इमानदार कमरेडहरूलाई रूपान्तरण गरेर काममा फर्काउने प्रयास भइरहेको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीको ताम्सालिङ अधिवेशन, धुलिखेलमा चल्दै गर्दा राती १२ बजे सूर्य सुवेदी ‘पथिक’ले शङ्कास्पद भन्दै होटेलबाट लखेटेका र शक्ति बस्नेतबाट पैसा खाएर क्रान्तिकारी आन्दोलनकाविरुद्ध झूठ र अपराधमा संलग्नहरूको हिसाबकिताब समयमा फैसला हुन्छ नै । सबै नेता, कार्यकर्ता र इमानदार पङ्क्ति स्पष्ट हुनुपर्दछ । लोलोपोतो, अवसरवाद धेरै टिक्दैन । ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’ नामको आफ्नो चर्चित रचनामा लेनिन भन्नुहुन्छ, ‘तिमी कोसँग सङ्गत गर्दछौँ भन अनि तिमी को रहेछौ भन्ने कुरा म तिमीलाई बताउँला । तिम्रापक्षमा कसले मत प्रदान गर्दछ भन, अनि तिम्रो राजनीतिक अनुहार कस्तो रहेछ भन्ने कुरा म तिमीलाई बताउँला ।’ त्यसकारण आफ्नो व्यक्तिगत प्रतिष्ठामात्र ख्याल गर्नेले हुल्लडबाजहरूको लहैलहैमा आफूलाई बर्बाद गर्नुहुँदैन । अवसरवाद जतिसुकै लुकाउन खोजे पनि लुक्दैन । त्यसको कुनै भविष्य पनि हुँदैन । अवसरवादको सन्दर्भमा लेनिन भन्नुहुन्छ, ‘अवसरवादी व्यक्तिको स्वभाव नै कस्तो हुन्छ भने यसले कुनै पनि प्रश्नलाई कहिल्यै निश्चित तथा ठाडो रूपले प्रस्तुत गर्न खोज्दैन । उसले सधैँ कुनै बीचको बाटो भेट्टाउने दाउ खोजेर बसेको हुन्छ । दुई परस्पर विरोधी दृष्टिकोणहरूकाबीचमा सर्पजस्तो सल्बलाइरहेको हुन्छ र दुवै दृष्टिकोणसित ‘सहमत हुने’ प्रयास गर्दछ । सुन्दरता र कुरूपता, सत्य र असत्यका बीचको सङ्घर्षमा बीचको कुनै बाटो हुँदैन ।

दलाल सत्ताका मतियारहरूले पदम राईलाई बोकेर लड्न खोजेका छन् । तर भुत्ते हतियार बोकेर लडाइँ जितिन्न । सतीदेवीको लास बोकेर हिँड्ने पागल महादेवको हालत कान्तिपुर दैनिकको हुनु दुःखद् विषय हो । पदम राई कुुनै रहस्यमय कथाले होइन, उनी पार्टीको घोषित र आधारभूत नीतिविरुद्ध सार्वजनिक रूपमा गएपछि सार्वजनिक रूपमा नै कारबाहीमा परेका हुन् । उनी गत माघदेखि जिम्मेवारीमा थिएनन् । सरकारले पार्टीलाई प्रतिबन्ध लगाएपछि गृहसचिवसँग सम्पर्कमा बस्ने र पार्टीकाविरुद्ध बोल्न थालेपछि कारबाहीमा परेका हुन् । कमरेड प्रकाण्ड र वार्ताको चर्चासँग उनको कुनै साइनो छैन । कान्तिपुरको दलाल चस्माले हेर्दा पदम राई इमानदार होलान्, सर्वहारा तथा क्रान्तिकारी चस्माले हेर्दा उनी कायर, लोभीपापी तथा स्वाभिमान नभएका लास हुन् । ‘सर्पको बच्चामा विष र मान्छेको बच्चामा इख’ भएनभने मरेतुल्य हुन्छ भन्छन् । जसकाबारेमा पार्टीले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । नेकपाका विषयमा कान्तिपुरमा आएका समाचारहरू गृहमन्त्रालय र भगौडा तथा घुसपैठियाहरूले बनाएको र कान्तिपुरको अमूक व्यक्तिकानाममा प्रकाशित गरेको सहजै बुझिन्छ । किनकि पत्रकारको भाषा, शैली र गुप्तचरको भाषा, शैली आधारभूत रूपमा नै फरक हुन्छ। भाकपा (माओवादी) विरुद्ध खनिनु, पैसा खाएर फेक न्युज प्रसारण गर्नु र सनसनीपूर्ण समाचार बेचेर खर्चपर्च धान्नु भारतीय सञ्चारको मूल प्रवृत्ति देखिन्छ । कान्तिपुर दैनिक त्यही धन्दामा छ किनकि दलाल सरकार र दिल्लीको चाकरी नगरी उसले नजराना र विज्ञापनरूपी तलब पाउँदैन । नेकपाले अरुण–३, विराटनगरस्थित भारतीय शिविर र माथिल्लो कर्णालीमा प्रहार गरेपछि कान्तिपुर दैनिक अझ बढी नेकपाकाविरुद्ध खनिएको छ । सिंहदरबार र दिल्ली दरबारका कारिन्दाहरू आफ्नो समाचारको पुष्टि गर्न आवश्यक ठान्दैनन् । तर यी नौरङ्गी दलालहरू जनताको निगरानी र हिसाबकिताबभन्दा बाहिर छैनन् ।

बिहि, असार १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया