मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा


काठमाडौं, २८ जेठ । नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आन्दोलनरत महासंघले पत्रकारसम्बद्ध संघसंगठन एवम् सरोकारवाला निकायसंग मंगलबार छलफलपछि तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । छलफल कार्यक्रममा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरिबहादुर थापा, नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा लगायतका सरोकारवाला संगठनका प्रतिनिधिहरुले अान्दोलन अझै घनिभुत पार्नुपर्ने कुरामा जोड दिएका थिए ।
छलफलपछि महासंघका महासचिब रमेशकुमार विष्टले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा दिउँसो मध्यान्ह लाल्टिन जुलुश निकाल्नेदेखि लिएर सिटी जुलुशसम्मका आन्दोलनका कार्यक्रमहरू समावेश गरिएको छ । महासंघले आगामी असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान चलाउने, ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाउने, १० गते कार्टुन प्रदर्शन गर्ने, १५ गते जिल्लाका सबै शाखाहरूबाट आफ्ना क्षेत्रका सांसदहरूलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने, २० गते प्रेस स्वतन्त्रतासभाको आयोजना गर्ने, २५ गते दिउँसै लाल्टिन जुलुश गर्ने र ३० गते देशव्यापी सिटी जुलुश र सभा गर्ने कार्यक्रम तय गरेको छ । तेस्रो चरणको आन्दोलनका लागि महासंघले देशव्यापी हस्ताक्षर संकलनदेखि लिएर देशव्यापी सिटी जुलुशसम्मको कार्यक्रम घोषणा गरेको छ ।
यसअघि गरेको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको पत्रकार महासंघका महासचिव रमेश विष्टले बताएका छन् ।

महासंघले तेश्रो चरणको देहायबमोजिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ:-
क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।
ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई क्ःक् मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
च) असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।
छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।
(नोट ः मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने र आवश्यकताअनुसार कार्यक्रमलाई थपघट र परिमार्जित गरिने छ।”

मङ्ल, जेष्ठ २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार