ने.क.पा.का पोलिटब्युरो सदस्य जीवन्तलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौं, ६ जेठ ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।

सोमवार बन्दी प्रत्यक्षीकरणको रिटमाथि भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई बाटोको म्याद बाहेक तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । काठमार्डौ जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै गत वैशाख ३० गते पुनः पक्राउ गरी सुनसरीको धरान पुर्याइएका जीवन्तलाई गैरन्यायीक रुपमा गिरफ्तार गरी बन्दी बनाईएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।

उक्त रिटमाथि आज सोमवार न्यायधिसद्धय मिरा खड्का र टंक बहादुर मोक्तानको संयुक्त ईजलासले जीवन्तराई गिरफ्तार गर्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल र अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गत बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न गर्न सरकारलाइ आदेश दिए लगत्तै रिहा भएका नेता कार्कीलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइएको थियो । उहाँलाई हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएको छ ।

उनहालाई सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको चौथो दिन अर्थात चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तार गरेको थियो । महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राखी राजद्रोह र संगठित अपराधको मुद्दा लगाईएको थियो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश ििदएको थियो ।
त्यसलगत्तै अदालत परिसरबाटै पुन पुनः गिरफ्तार गरी प्रहरीले संखुवासभा लगि ‘मुलुकी फौजदारी कार्य्विधि (संहिता), २०७४ को परिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलायो ।
त्यसपछि पनि अदालतकै आदेशमा रिहा भएका नेता जीवन्तलाई प्रहरी गिरफ्तार गरी संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाइ मुद्दा चलायो ।
त्यसमा काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाइ आदेश दिएको थियो ।
तर उनलाइ अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइएको हो । हाल सुनसरीको धरानस्थित प्रहरी हिरासतमा राखिएका नेता कार्कीमाथिसाविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया