माछा मार्न बनाउदैँ गरेको बिस्फोटक पदार्थ पड्किदा २ जना घाईते


पर्वत, जेठ ६ ।

माछा मार्नका लागि जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाउदै गर्दा पड्कीएर पर्वतमा दुई जना घाईते भएका छन् ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् ।

आईतवार साँँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएको उनले बताए ।

विस्फोटमा परि गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घाइते दुबै युवाको प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सोम, जेष्ठ ६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया