मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तारको काम तिब्र


बारा, २ जेठ। निकुञ्ज क्षेत्रका रूख काट्न सरकारी निर्णय आएसँगै मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तारको कामले तीब्रता पाएको छ ।

अबको एक महिनाभित्र जंगल क्षेत्रमा पाइप गाड्ने काम सकिने  पनि जनाइएकाे छ ।  नेपालतर्फको ३६ दशमलब २ किलोमिटरमध्ये यो क्षेत्रमा मात्र अन्तिम काम बाँकी रहेको थियो ।

यो बाहेक अरू ठाउँमा झण्डै दुई महिना अघि नै काम सकिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालयका इन्जिनियर प्रदिपकुमार यादव बताउँछन् ।

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइप विच्छ्याउने ठाउँ ९ किलोमिटर जंगल क्षेत्रमा रहेको छ ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार