प्रतिबन्धयता राप्तीबाट ४१ जना ने.क.पा.का नेता कार्यकर्ता गिरफ्तार, ब्युरो इन्चार्जले दिए यस्तो चेतावनी


राप्ती, ३१ वैशाख ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएयता राप्ती अन्चलबाट मात्रै ४१ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
ने. क.पा.राप्ती ब्युरोले बिज्ञप्ती निकालेर बिभिन्न मितिमा गरी प्रतिबन्धपछि ४१ जना पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर झुठा मुद्धामा फसाउने सड्यन्त्र गरेको भन्दै बिरोध गरेका छन् ।
ब्युरो इन्चार्ज सुवासले मंगलवार जारी गरेको बिज्ञप्तीमा सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएयता गृहयुद्धको झझल्को दिने सुरक्षाफौज परिचालन गरेर फायरिङ गर्दै र राति सुतिरहेका नेताकार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरिरहेको जनाएका छन् ।
पछिल्लो समय सोमबार मात्रै पार्टी ब्युरो सदस्य तथा पूर्वी रुकुम इन्चार्ज कर्ण बहादुर नकाल ‘शिशिर’ लाई प्रहरीले गिरफ्तार गरेको छ । व्युरो इन्चार्ज सुवासले पश्चिम रुकुम सानीभेरी गा.पा. वडा नं. ३ गरायलाबाट राति ११ बजे नकाललाई गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै घोर बिरोध गरेका छन् ।
साथै उनले पुरै गाउँ घेराउ गरि कार्यकर्ता, जनताहरुको घरहरु गैरकानुनी रुपमा खानतलासी गरेको पनि बिज्ञप्तिमा जनाएका छन् ।

इन्चार्ज सुवासले गिरफ्तार सबै नेता कार्यकर्तालाई रिहा गरि झुठा मुद्धा खारेज गर्न माग गर्दै यसो नगरिए सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।
हेर्नुहोस् बिज्ञति

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया